बिर्तामोड, बैशाख १२ । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले कुष्ठ प्रभावितहरुलाई स्वयम् हेरचाहसम्बन्धी अभिमुखीकरण प्रदान गर्दै सामग्री वितरण गरेको छ ।


बुधबार नगर अस्पतालमा आयोजित एक कार्यालयका बीच कुष्ठ प्रभावितहरुलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका लागि सामग्री वितरण गरिएको हो । ३० जना कुष्ठ प्रभावितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले सामग्री हस्तान्तरण गरेकी हुन् ।

सरसफाईका लागि औषधि, बाटा, मग, जुत्ता मोजालगायतका सामग्री वितरण गरिएको थियो । सिनियर अहेव दिपक सापकोटाका अनुसार प्रभावितहरुलाई दुई घण्टाको अभिमुुखीकरणसमेत प्रदान गरिएको थियो ।

जिल्लाकै उच्च जोखिम रहेको बिर्तामोड नगरपालिकामा बालबालिकाहरुमा समेत कुष्ठरोग फेला परेको छ । बालबालिकाहरुमै रोग देखिएपछि समुदायमा फैलावट धेरै भएको बताइएको छ ।

स्वास्थ्य शाखाले समुदायसम्म पुगेर कुष्ठरोगका संक्रमित विरामीहरुको खोजपड्तालसँगै विरामीहरुको उपचारमा सहजीकरण गरिरहेको छ ।

उक्त कार्यक्रममा नगरप्रमुख प्रसाईले सरसफाईमा विशेष ख्याल गर्न आग्रह गरेकी छन् । उनले कुनै समस्या भए तत्कालै नगर अस्पताल आएर उपचारमा सहयोग लिन सुझाव दिइन् । नागरिकको स्वास्थ्य सेवामा नगरपालिका प्रतिवद्ध रहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्