झापा, बैशाख १४ । झापा गाउँपालिकाले वडा नं –४ स्थित डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्तालाई पदबाट हटाएको छ।

गाउँपालिकाले गुप्तालाई पदबाट हटाउँदै निमित्त प्रधानाध्यापकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक गोपीकृष्ण पराजुलीलाई नियुक्त गरेको छ।

प्रअ गुप्ताका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १६ बुँदे उजुरी परेको थियो ।जसमा २०७६÷०७७ पछि गुप्ता प्रधानाध्यापक भएपछि धेरै अनियमितता भएको उल्लेख छ ।

बालविकास शिक्षकका रुपमा सो विद्यालयमै कार्यरत प्रअ गुप्ताकी पत्नी ज्योतिकुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयम् प्रधानाध्यापकले किर्ते हस्ताक्षर गरि हाजिरी गरेर पद दुरुपयोग गरेको ,बजार मूल्यभन्दा बढी मूल्यको बिल भौचर तयार पारी विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनी खरिद गरिएका कमसल स्तरका डेक्स,बेन्च,पंखा,पोडियम,इन्टरएक्टिभ बोर्ड,प्रोजेक्टर,स्मार्टबोर्ड,सिसिटिभी क्यामेरा,टेबल,कार्पेट,सोफा,सेनिटाइजर,फिल्टर,ट्वाइलेटका सामानमा भ्रष्टाचार गरेको लगायतका १६ बुँदे उजुरी परेको हो ।
विद्यालयको भ्रष्टाचार विषयमा स्थानीय साथै सर्वदलीय दबाब बढेपछि गाउँपालिकाले गुप्तालाई पदबाट हटाएको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्