झापा, बैशाख १६ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/04/440788691_969010578399435_4495459581996858840_n-1024x577.jpg)
आज बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षिण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए। उनले सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने बताए । मतगणनाको अपडेट दुई–दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउनहलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हिजो सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।