इलाम, बैशाख १८ । इलाममा विजयी जुलुसमा सहभागी भई फर्किनेक्रममा पिकअप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

आज साँझ ५.१५ बजेको समयमा इलाम नगरपालिका ५ बिब्ल्याटेस्थित मेची राजमार्गमा चोकबजारमा भएको प्रतिनिधी सभा सदस्य उपनिर्वाचनको निर्वाचित सदस्यको विजयी सभामा सहभागी भई फर्कने क्रममा उक्त सभामा सहभागी भएका कार्यकर्ताहरु बोकेको को २ च ४४७ नम्बरको पिकअप घुम्तीमा आफै अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा निम्न व्यक्तिहरु घाइते भएका छन् ।
१ )इलाम नगरपालिका ५ बस्ने वर्ष ३६ की तुलसा ढकाल बाहिरी चोट नदेखिएको शरीरको भित्री भागमा दुखेको अवस्था सामान्य
२) ऐ.ऐ. बस्ने वर्ष ६२ को रामचन्द्र खनालको निधारमा चोट अवस्था सामान्य
३) ऐ.ऐ. बस्ने ४२ की राधिका खनालको शरीरको विभिन्न अंगमा चोट अवस्था सामान्य
४) ऐ.ऐ. बस्ने बर्ष ६६ का लेखनाथ खनालको छातीमा चोट अवस्था सामान्य
५) ऐ. ऐ. बस्ने वर्ष ३६ की दुर्गादेवी घिमिरेको टाउको चोट अवस्था बोल्न सक्ने सामान्य
६) ऐ.ऐ. बस्ने वर्ष ३८ की दिक्षा आचार्यको देब्रे खुट्टामा चोट अवस्था सामान्य
७) ऐ.ऐ. बस्ने वर्ष ४८ का कृष्ण घिमिरेको देब्रे हातमा र खुट्टामा चोट अवस्था सामान्य
८) ऐ.ऐ. बस्ने वर्ष ३५ की लिलादेवी चापागाँईको देब्रे हातमा चोट अवस्था मध्यम थप उपचारको लागि साँझ ६ बजे विर्तासिटी अस्पताल झापा रेफर
९) ऐ.ऐ. बस्ने वर्ष ६६ का नगप्रसाद तिवारीको देब्रे हात र खुट्टामा चोट अवस्था सामान्य
१०) ऐ.ऐ. बस्ने वर्ष ६८ को वासुदेव खनालको नाक र छातीमा भित्री चोट अवस्था गम्भीर थप उपचारको लागि साँझ ६ बजे विर्तासिटी अस्पताल झापा रेफर
११) ऐ.ऐ.बस्ने वर्ष १५ की अन्जु बजगाँईको देब्रे खुट्टामा चोट अवस्था सामान्य
१२) ऐ.ऐ. बस्ने वर्ष २० की निरुता ढकालको देब्रे हातमा चोट अवस्था सामान्य
१३) ऐ. ४ बस्ने वर्ष ५० को प्रकाश सोङ्मिको देब्रे हातमा चोट अवस्था सामान्य
१४) ऐ.ऐ. बस्ने वर्ष ५३ का बेदप्रसाद रिजालको दाहिने हातमा चोट अवस्था सामान्य
१५) ऐ.ऐ. बस्ने वर्ष ७५ की लक्ष्मी आचार्यको देब्रे हात र टाउकोमा चोट अवस्था सामान्य
१६) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५७ को सूर्यप्रसाद दुलालको घाँटीमा भित्री चोट अवस्था गम्भीर थप उपचारको लागि विर्तासिटी अस्पताल झापा रेफर
१७) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५० की लक्ष्मी दुलालको घाँटीमा चोट अवस्था सामान्य
१८) ऐ.ऐ. बस्ने वर्ष २० की प्रिति ढुङ्गानाको टाउकोमा चोट अवस्था मध्यम बोल्न सक्ने
१९) जिल्ला इलाम सन्दकपुर गा.पा १ बस्ने वर्ष ४० का रमेश राईको देब्रे पाखुरामा चोट अवस्था सामान्य

घाइतेहरुलाई उपचारको लागि इलाम अस्पताल ल्याइ उपचार भइरहेकोमा गंभीर घाइतेहरुलाई बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । चालक इलाम नगरपालिका ५ बस्ने बर्ष ३१ का राजन खत्री र पिकअप जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्