झापा, बैशाख १९ । आज बिहान इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा मारुती भ्यान पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साईड भिरबाट पल्टिई दुर्घटना हो । घटनास्थलमा एक जना तत्काल नाम थर वतन नखुलेका अन्दाजी वर्ष २४–२५ का पुरुष मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी किटेनीबाट ४ जना प्रहरी टोली खटिएको र घटनास्थलमा थप खोजतलास तथा गाडीमा कति जना सवार भन्नेबारे बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्