झापा, बैशाख १९ । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको छ ।

घटनास्थलमा मृत अवस्थामा फेला परेका व्यक्ति भ्यान चालक इलाम देउमाई नगरपालिका ६ बस्ने वर्ष अन्दाजी वर्ष २४–२५ का दिपेश राई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए । त्यस्तै दुर्घटनामा एकजना गंभीर घाइते भएका छन् । घटनास्थलमा खोजतलास गर्दा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते अबस्थामा फेला परेका छन् । शरीरको विभिन्न भागमा चोट, तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ । दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरुलाई जानकारी गराइएको र गाडी घटनास्थलमा नै रहेको डीएसपी जवेगुले बताए । इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साईड भिरबाट पल्टिई दुर्घटना हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्