झापा, बैशाख १९ । मोरङको मधुमल्ला बजारमा रहेको एक होटलमा आगलागी भएको छ ।

हर्कबहादुर श्रेष्ठले संचालन गरेको च्वाइस होटलमा आज बिहान राति करिब २ बजे बिद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामानहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

कोशी ग्यासको डिलर पनि भएको कारणले स्थानीयहरू त्रसित भएका थिए । आगलागी नियन्त्रण गर्नका लागि उर्लाबारी ,पथरी,दमक नगरपालिकाका दमकल परिचालन गरिएको थियो । आगलागीबाट भएको क्षति यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्