झापा, बैशाख १९ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना बिर्तामोड ३ बाट पक्राउ परेका छन् ।

आज बिहान ९.३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ पञ्चकन्या टोलस्थित गणेश ढुंगानाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक नरेश लिम्बू र प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले ढुंगानाको घरमा भारत रोए सरानी चम्पाडाँगी पश्चिम बंगाल बस्ने वर्ष अन्दाजी २५ का सन्नी साह र बिर्तामोड नगरपालिका बस्ने वर्ष अन्दाजी २२ की मनिसा राईलाई शंकास्पद अवस्थामा कोठाभित्र फेला पारी तलासी लिँदा सन्नी साहसंग बिभिन्न दरको नेपाली नोटहरु जम्मा रु १६हजार ३६५ , बिभिन्न भारतीय रु जम्मा ३ हजार ९६०, भिभो कम्पनीको मोवाईल १ थान र ७ ग्राम ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । दुवै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका–८ का ३९ वर्षीय सरोज गहतराजलाई १ ग्राम ३६० मिलिग्राम ब्राउनसुगरसहित प्रहरी चौकी शनिश्चरे र मेचीनगर–१५ का २६ वर्षीय पर्वत राजवंशीलाई ३४० मिलिग्राम ब्राउनसुगरसहित प्रहरी चौकी ज्यामिरगढीले पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्