इलाम, बैशाख २१ । इलामका विभिन्न ठाउँमा डढेलोले क्षति पुर्याएको छ ।

हिजो दिउँसो ३.३० बजेको समयमा इलाम चुलाचुली गाउँपालिका ६ बैधे गाउँमा स्थानीयबासीहरुको संयुक्त निजी जंगलमा आगलागी भएको हो । आगलागीको कारण थाहा हुन सकेको छैन । प्रहरी चौकी पाख्रिन्टारमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिगई स्थानीयवासीहरुको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले बताए । उनले घरहरु तत्काल भेट्ने सम्भावना नरहेको जानकारी दिए ।

त्यस्तै इलाम सन्दकपुर गाउँपालिका ४ सोमबारे बस्ने अनुमाया गुरुङको बाँसघारी जंगलमा हिजो दिउँसो आगलागी भएको छ । आगलागीको खबर प्रहरी चौकी माबुमा प्राप्त हुनसाथ प्रहरी टोली खटिगई स्थानीयवासीसंग मिलेर आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको डीएसपी जवेगूले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्