भद्रपुर,बैशाख २२ । हल्दिवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलाई पतिशोक परेको छ ।

उपाध्यक्ष मैनालीका पति लयप्रसाद मैनालीको आज साँझ ५.५८ बजे अचानक निधन भएको हो ।
५ छोरी र २ छोराका अभिभावक मैनाली महेन्द्र माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेका थिए । मैनाली समाजमा आदर्श व्यक्तिको परिचय बनाएका व्यक्तित्व रहेका थिए ।
मुटुमा समस्या देखिएपछि अपरान्ह ४ बजे बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएकोमा ५.५८ बजे डाक्टरले मृत घोषित गरेको उपाध्यक्षका स्वकीय सचिव प्रल्हाद सिलवालले जानकारी दिएका छन् । उनका अनुसार भोलि बैशाख २३ गते आइतवार मैनालीको अन्त्येष्टि गरिने छ ।



