झापा,बैशाख २५ । टोरोन्टो र बुसान चलचित्र महोत्सवमा चर्चा बटुलेको चलचित्र ‘गाउँ आएको बाटो’ अब नेपालमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रको निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको छ । टिजरमा परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबिचको सङ्घर्ष चलचित्रको कथाले देखाउन खोजेको सङ्केत गर्छ ।
चलचित्रले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोको, डालो बनाएर जीवनयापन गरिरहेकाको जीवनमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र सङ्घर्षको कथा पेस गर्न खोजेको निर्माण पक्षले जनाएको छ । परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा चलचित्रको कथा केन्द्रित छ ।

आउँदो जेठ २५ गते प्रदर्शनमा आउन लागेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमुख भूमिकामा छन् । चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेको पटकथा सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम पिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा बनाइएको चलचित्रको निर्माता अमोद राई र निर्देशक सुब्बा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्