बिर्तामोड, बैशाख २७ । लायन्स क्लब अफ बिर्तामोड लेडीले बिर्तामोडका २० परिवारका विपन्न आमालाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

मातातीर्थ औँशीको अवसरमा बिर्तामोड–५ जात्रुबारीका बिपन्न परिवारका आमाहरुलाई खाद्यान्न, साडी तथा फलफूल वितरण गरेको हो । औँशीको सन्दर्भमा माताहरुलाई सम्मानस्वरुप उक्त सहयोग गरेको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले जानकारी दिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्