झापा, बैशाख २७ । हिजो साँझ प्रहरीले झापाको मेचीनगरबाट २९ काटुन लाइटर बरामद गरेको छ ।

साँझ अन्दाजी ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर ७ धनकुटे बस्तीमा परालको कुन्यूमा लुकाई छिपाई राखेको अन्दाजी मूल्य रु.२ लाख ९० हजार बराबरको २९ काटुन लाइटर बरामद गरेको हो । लाइटर नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय नेपालबाट अबैधरुपमा भारततर्फ चाइनिज लाइटरको कारोवार बढेको छ ।
चैतको दोस्रो साता पश्चिम बंगाल प्रहरीले दार्जिलिङ सिलिगुडीको खालपाडा इलाकाको एउटा गोदामबाट ४० काटुन चाइनिज लाइटर भण्डारण गरेको अवस्थामा बरामद गरेको थियो ।

त्यसपछि गत चैत २३ साँझ ६ बजे मेचीनगर ७ को गैरीगाउँबाट नेपाल प्रहरीले करिब ४० हजार रुपैयाँ मूल्य बराबरको चार काटुन लाइटर नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्