झापा,बैशाख २९ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छन् । भारत उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौं जान लागेकी छिरिङको झोला प्रहरीले चेकजाँच गर्दा २ किलो ५ ग्राम चाँदीको दुई थान डल्लो र २८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको हो ।

अवैध चाँदीसहित पक्राउ परेकी महिलालाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्