झापा,बैशाख ३१ । ५० औं अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा वीरता जेसीजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्स गंगा उप्रेतीलाई नगदसहित सम्मान गरेको छ ।

हिजो एक कार्यक्रमका बीच वीरता जेसीजले नगर अस्पतालमा कार्यरत बिर्तामोड–३ निवासी नर्स उप्रेतीलाई नगद १० हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।

नगर अस्पतालमा आयोजित कार्यक्रममा अन्य नौजना नर्सहरुलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । ‘नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाइएको अध्यक्ष विकास बस्नेतले जानकारी दिए ।

नगर अस्पतालमा कार्यरत नर्सहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डक्टर सीपी यादव, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, जेसीजका पूर्वअध्यक्ष मिजास पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवनकुमार खड्का, संघका महासचिव कुशल खतिवडा, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारी ,रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष जितेश अग्रवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा आस्था वाचन सुशील थापाले गरेका थिए भने कार्यक्रम संयोजक प्रभात मास्केले स्वागत र कोषाध्यक्ष टिकाराम खतिवडाले धन्यवाद व्यक्त गरेका थिए ।

हिजै वीरता जेसीजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा वरिष्ठ निर्देशक नवीन सुब्बासंगको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा कलाकार विल्सनविक्रम राई रहेका थिए । राज मुखिया कार्यक्रम संयोजक रहेको सो कार्यक्रममा आस्था वाचन तुलसी निरौला र संचालन महासचिव सुमन पोद्धारले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्