झापा,बैशाख ३१ । पाहा खोज्ने क्रममा चिप्लिएर खोलाको दहमा डुबेर ओखलढुङ्गामा एक युवकको ज्यान गएको छ ।
आइतबार दिउँसो चिशंखुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा खोज्न गएका जिल्लाको सिद्धिचरण नगरपालिका–५ चुप्लुका २९ वर्षीय सन्तोष राईको दहमा डुबेर मृत्यु भएको हो ।

चिप्लिएर दहमा बेपत्ता भएका राईको खोजी गर्ने क्रममा सोमबार बिहान प्रहरीले डुबेकै स्थानबाट शव फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए ।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्