झापा,बैशाख ३१ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–१ नुनढाकीका ४२ बर्षीया दिलकुमार चोङवाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक कुमार जबेगुले जानकारी दिए ।

प्रहरी निरीक्षक जबेगुका अनुसार बिशेष सूचनाको आधारमा प्रहरी चौकी नुनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले १ (एक) थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो ।

दिलकुमारले कटुवा पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराध संहिता, २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्