इलाम, जेठ १ । इलामको काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।

हिजो साँझ ७ बजेको समयमा इलाम माई नगरपालिका ६ साँघुरी बस्ने अन्दाजी बर्ष ३१का शक्तिकुमार राईलाई काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो । घाइते राईलाई उनका काका मनिराज राईले उपचारको लागि माई अस्पतालमा ल्याएका थिए ।

उपचारका क्रममा उनको राति ८.२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगूले बताए । राई ज्यालामा काबेली कोरिडोरमा काम गर्दै आएका थिए ।उनलाई ठेकेदार गजेन्द्र मिश्रले काममा लगाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्