झापा, जेठ १ । विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका लागि १५ दिने सीपमूलक तालिम आजदेखि बिर्तामोड ९ स्थित दुर्गा माध्यमिक विद्यालयमा सुरु भएको छ।

अपाङ्गता क्षेत्रको समन्वय गर्ने निकाय लेखाजोखा तथा परामर्श केन्द्र झापाद्वारा आयोजित उक्त तालिमको बिर्तामोड नगर शिक्षा शाखाका अधिकृत केशरबहादुर खवासले उद्घाटन गरेका थिए । तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्रका बौद्धिक अपाङ्ग, बहिरा सुस्त श्रवण तथा शारीरिक अपाङ्गता भएका २० जना प्रशिक्षार्थीहरू सहभागी भएका छन्। तालिमलाई स्थानीय सन्तोष रोकाले सहजीकरण गरिरहेका छन् । तालिममा चप्पल बनाउने सीप सिकाइनेछ। तलिममा बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थिक सहयोग रहेको छ ।

दुर्गा माध्यमिक विद्यालयका प्रधान अध्यापक लक्ष्मण सिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विराट आधारभूत विद्यालयका स्रोत शिक्षक रङ्गलाल न्यौपाने प्रशिक्षक सन्तोष रोकालगायतले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए। दुर्गा माविका दृष्टिविहीनतर्फका स्रोत शिक्षक चन्द्रप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन लेखाजोखा तथा परामर्श केन्द्र झापाका संयोजक भुवन पौडेलले गरेका थिए ।कार्यक्रममा विद्यालयका शिक्षकहरू धर्मेन्द्र भट्टराई ,पदम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्