दमक, जेठ २ । झापाको दमकमा प्रतिबन्धित लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।

गएराति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागूऔषध बिक्री गरिरहेको विशेष सूचना पाई प्रहरी टोली पुग्दा दमक २ बस्ने बर्ष ४३ का नेत्र थापा, सोही ठाउँ बस्ने बर्ष २६ का भेषबहादुर भुजेल, बर्ष १९ का किरण थापा र वडा नं.५ बस्ने बर्ष २६ का प्रकाश लिम्बूले बोकेको स–सानो प्लाष्टिकको पोकामा ३० पोका ब्राउनसुगर भेटिएको थियो ।

त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेकोले उनीहरुलाई तत्काल नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्