झापा,जेठ २ । ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका करिब ५६ वर्षीय पदमबहादुर बस्नेतको भिरबाट लडेर ज्यान गएको हो ।

सोही स्थानको रमिते भिरको ठाडेखोला नजिक खानेपानीको पाईप बनाउने क्रममा लडेर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए ।

करिब पाँच सय मिटर तर खसेर टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागि गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

रुम्जाटार अस्पतालमा शव परीक्षण पश्चात परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । दुई दिन अघि मोलुङ गाउँपालिका–३ का करिब ७३ वर्षीय जितबहादुर सुनुवारको पनि भिरबाट लडेर ज्यान भएको थियो । बाख्रा गोठालो जाने क्रममा मसिने डाँडाभिरबाट लडेको ढुङ्गाले लाग्दा सुनुवारको घटना स्थलमै ज्यान गएको थियो । दुवै वटा घटनाका विषयमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्