झापा, जेठ २ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल÷मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।

यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल÷मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेल÷मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्