झापा,जेठ २ । झापाको दमक नगरपालिका –३ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।


हिजो साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक झापा मेचीनगर नगरपालिका–५ का ३० बर्षीय सुनिल लावतीको मृत्यु भएको हो ।

घाईते लावतीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्