झापा,जेठ ४ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले अन्तिम समयमा दिउँसो २ बजेका लागि स्थगित गरेका थिए । तर २ बजेसमेत बैठक बस्न सकेन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने शुक्रबारको बैठक स्थगित गर्न माग गरेको थियो ।

बैठक सञ्चालनबारे शुक्रबार मध्यान्ह सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएपछि दलहरुबीच सहमति जुटाउने र त्यसपछि मात्रै बैठक सञ्चालन गर्ने भन्दै बैठक स्थगित गरिएको हो ।
संसद् सचिवालयका अनुसार अब अर्को बैठक २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
कांग्रेसले सहकारीको रकम अपचलन गरेको विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।
कांग्रेसको अवरोधकै कारण बिहीबारको बैठकमा सत्तापक्ष र विपक्षका सांसदहरुबीच धकेलाधकेलको स्थिति बनेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्