बिर्तामोड, जेठ ७ । झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित स्व. दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान फुटबलको उपाधि आयोजक पूर्वेली युवा क्लब (रातो)ले चुमेको छ ।

प्रतिस्पर्धी पूर्वेली निलोलाई ३–१ गोलअन्तरमा पराजित गर्दै आयोजक रातोले उपाधिसहित नगद १ लाख १ हजार १११ हात पारेको हो । उपविजेताले ५५ हजार १११ रूपैयाँमा चित्त बुझायो । पूर्वेली रातोका लागि विकर्ण श्रेष्ठले ह्याट्रिक पूरा गरे । उनले खेलको २०औँ मिनेटमा पहिलो गोल गरेको थिए ।

यसैगरी, पूर्वेली निलोका कृष्ण शाक्यले खेलको २५औैँ मिनेटमा गोल गरेर बराबरीमा ल्याए । पूर्वेली रातोका लागि विकर्ण श्रेष्ठले ३३औँ र ५१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्न सफल भए । उनी बेस्ट स्ट्राइकर पनि घोषित भए । खेलको व्यक्तिगत विधातर्फ पूर्वेली रातोका खेलाडीको बर्चश्व रह्यो । खेलको म्यान अफ दी म्याच भुपेन लिम्बू बन्दै २ हजार ५ सय पाए । बेस्ट गोलकिपर सुनिल तामाङ, बेस्ट डिफेन्स मोहन गुरुङ र बेस्ट कोच योगेश गुरूङ भए । खेलमा उत्कृष्ट मिडफिल्डर रमेश गुरुङ भए । उनीहरुले जनही ५–५ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पूर्वेली रातोकै सन्तोष राई घोषित भए । उनले नगद १० हजार पाए । पूर्वेली युवा क्लबका अध्यक्ष रविन श्रेष्ठकी ममतामयी माताको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको संयोजन टेकराज तिलिङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्