झापा , जेठ ८ । सशस्त्र प्रहरीले भन्सार छलेर भित्र्याएको ४८ लाखभन्दा बढीको सामान बरामद गरेको छ ।

हिजो दिउँसो २.२० बजेको समयमा कचनकवल गाउँपालिका ६ स्थित जमनाल मियाँको घरवाट भारतवाट अबैध रूपमा चोरी तस्करी गरी लुकाई छिपाई राखेको २३ पोका कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी वल नेपाल नं २ गण हेक्वा झापाको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित)ः सीमा सुरक्षा गुल्म घेराबारीका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको कमाण्डमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी ल्याई ठूलो मात्रामा भण्डारण गरी राखिएको जमनाल मियाँको घरः खानतलासी गरी ४८ लाख १८ हजार ७०० मूल्यको कपडा बरामद गरेको हो ।

उक्त लत्ताकपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको र कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बनियानीबाट नेपाल प्रहरीको सहयोग लिइएको सशस्त्र प्रहरी वल नेपाल नं २ गण हेक्वा झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्