भद्रपुर ,जेठ ८ । सशस्त्र प्रहरी बल नेपाल २ नं गण झापाले १७ औ स्थापना दिवसको अवसरमा २४ जनालाई सम्मान गरेको छ ।

गण परिसर चन्द्रगढीमा मंगलबार आयोजित कार्यक्रममा ओमसाई पाथिभरा अस्पताल भद्रपुरका अध्यक्ष समाजसेवी दिपक पोखरेलसहित बहालवाला उत्कृष्ट प्रहरी कर्मचारी ७ , खेलाडी १३ ,अवकाशप्राप्त ३ प्रहरीसहित २४ जनालाई सम्मान गरिएको हो ।

पूर्वी पृतना हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीलगायतले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवेदीले संगठनको निर्देशनमा रहि देश र जनताको सेवामा समर्पित रहेर सीमा सुरक्षामा सकृय भएर लाग्न प्रहरीलाई निर्देशन दिए । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाको सीमा सुरक्षालाई कडाई गर्दै सीमा केन्द्रीत कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।


विभिन्न देशप्रेमको झल्को दिने गीत नृत्यसहितको सांस्कृतिक प्रस्तुती रहेको कार्यक्रममा गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले धन्यवाद ज्ञापन गरेका थिए । १ सय ४५ किलोमिटर खुला सीमा रहेको झापामा ९ सय ९५ सीमा स्तम्भ र २१ वटा सशस्त्र विट रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्