झापा, जेठ ९ । यही जेठ १३ गते नेकपा एमालेको बिर्तामोड नगर अधिवेशन हुने भएको छ ।


पार्टी केन्द्रीय सदस्य एवं बिर्तामोड नगर कमिटी इन्चार्ज गीता अधिकारीले अधिवेशनको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिइन् ।

पार्टीको बिर्तामोडस्थित जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले अधिवेशनका लागि ४९९ प्रतिनिधि छनौट हुने बताएका छन् । यो अधिवेशन पार्टीको दोस्रो अधिवेशन हो ।

अधिवेशनमा वडाबाट चुनिएका ४९९ प्रतिनिधिको सहभागिता हुने र बुधवारबाट वडामा प्रतिनिधि छनोट कार्य शुरु हुने बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो । पार्टीको जिल्ला तथा नगरस्तरीय नेता एवं विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित सम्मेलनमा अध्यक्ष भट्टराईले भने, ‘अधिवेशनको तयारी तीव्ररुपमा भइरहेको छ ।’ सो अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्