झापा, जेठ १० । झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।


हिजो दिउँसो ४ बजे बिर्तामोड नगरपालिका–५ सुकुमबासी टोलमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका ४२ बर्षीय खड्गनारायण चौधरीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ फेला परेको थियो ।

त्यस्तै हिजो नै प्रहरी चौकी मेचीपारीबाट भद्रपुर नगरपालिका–३ मा खटिएको प्रहरी टोलीले मे. ४ प १६९६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक भद्रपुर–२ का २८ बर्षीय योगेश आलेको साथबाट फेनारगन र डाईजेपाम गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधि फेला परेको थियो । तीनैजनालाई पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसको अघिल्लो दिन झापा जिल्लाको बिभिन्न स्थानहरुबाट ब्राउनसुगरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । मंगलबार जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागूऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानहरुबाट ६७ ग्राम १६० मिलिग्राम ब्राउनसुगरसहित ८ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–५ मोरङका २६ बर्षिय समिर मगर, उर्लाबारी नगरपालिका–२ का २७ बर्षिय सुजन कार्की, कचनकवल गाउँपालिका–४ की ३६ बर्षीया अलिशा शेख मिया, शिवताक्षी नगरपालिका–१ का ३० बर्षीय शिशिर सुब्बा, २९ बर्षीय सन्जय सुब्बा र गौरादह नगरपालिका–९ का ३२ बर्षीय नबिन बस्नेत रहेका छन् । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्