विनोद सापकोटा
दूधे, जेठ १० ।नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनमा महिलातर्फको उपसचिवमा कोपिला चौलागाईं निर्विरोध भएकी छन् ।

उनको मात्रै आवेदन निर्वाचन समितिमा दर्ता भएपछि उनी स्वतः उपसचिव पदमा निर्वाचित भएकी हुन् ।
निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा महिला उपसचिव पदमा उनको मात्र नाम उल्लेख छ। एक नेताका अनुसार उनी स्वतः उपसचिव पदमा निर्वाचित भइन् । यद्यपि निर्वाचन समितिले यसको आधिकारिक घोषणा गर्न भने बाँकी छ।

नेकपा एमालेको दोस्रो नगर अधिवेशन बिहीवारदेखि शुरु भएको छ। यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेकपा एमाले शिवसताक्षीले जनाएको छ। अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ। मेदनी दङ्गाल र कमल नेपालको अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै उपाध्यक्ष पदमा नक्कलमान शेर्मा, विष्णुप्रसाद प्रसाई, हर्कबहादुर सिगु र राजबहादुर लिम्बुको उम्मेदवारी दर्ता भएको छ।

यता सचिव पदमा भने भीम लिवाङ र लक्ष्मी गुरागाईको उम्मेदवारी परेको छ। यस्तै खुल्ला उपसचिव पदमा उमानाथ पराजुली, सागर राई, लोकबहादुर रोका र मुनाकुमारी तामाङको नाम दर्ता भएको निर्वाचन समितिद्वारा प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा उल्लेख छ ।निर्वाचन समितिका अनुसार सहमतिको अन्तिम प्रयास विफल भए शुक्रवार नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्