भद्रपुर, जेठ ११ । भद्रपुर नगरपालिकाको आयोजनामा बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।

उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरभरि रहेका विद्यालय तथा वडा बाल क्लबमा आबद्ध बालबालिका र संरक्षक शिक्षकलाई अभिमुखीकरण गरिएको हो ।

बालमैत्री अभियन्ता सुमन ढकालले सहजीकरण गरेको कार्यक्रममा बाल सञ्जालका अध्यक्ष आरोग्य तिम्सेनालगायतले मन्तव्य राख्दै बाल अधिकार संरक्षणका लागि सवै पक्ष जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए ।
महिला तथा बालबालिका शाखाकी कर्मचारी सञ्जु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्