झापा, जेठ ११ । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिए ।

उक्त भेरियन्ट घातक नभएको डा.बुढाथोकीको भनाइ छ । उनी भन्छन् ‘‘ओमिक्रोनको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । तर यो सब भेरियन्ट सामान्य रुघाखोकी जस्तै भएकाले आत्तिनुपर्दैन ।’’

प्रयोगशालाले केही महिनाको ४० वटा कोरोना सङ्क्रमितको नमुनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ओमिक्रोनका विभिन्न भेरियन्ट पुष्टि भएको थियो । उक्त नमुना अनुसार ओमिक्रोनको जेएन वान सातवटा नमुनामा, ओमिक्रोनको बिए टु दुई वटा नमुनामा, केपी.१, १२ वटा नमुनामा, केपी.२, १७ नमुनामा, केपी ४ एउटा नुमनामा पुष्टि भएको थियो ।

यो भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्