एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन्।

गएराति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो। यी दुई टोलीबीचको फाइनल भोलि चेन्नईमा हुनेछ। गएराति हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनमात्रै बनाउन सक्यो । राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।
उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट हुँदा राजस्थानका अन्य ब्याटर चल्न सकेनन्। हैदरावादका शाहबाज अहमदले सर्वाधिक ३ विकेट लिए। अभिषेक शर्माले २ विकेट लिँदा प्याट कमिन्स र थंगारसु नटराजनले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्