झापा, जेठ १२ । भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीका ६५ बर्षीय मणिप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ६ बजे बाख्राले बाली खाएको बिषयमा वादविवाद हुँदा मणिप्रसाद राईले छिमेकी ६३ बर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गर्दा राजकुमार राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्