झापा , जेठ १२ । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ का ४५ बर्षीय पन्चु पासवान रहेका छन । पासवानले मोरङको कटहरी गाउँपालिका–५ का राजकुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनी ३ लाख ३० हजार रूपैँया ठगी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । आज पक्राउ परेका पासवानमाथि ठगी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्