झापा,जेठ १४ । सुनौलो भविष्यको कामना, नशामुक्त समाज हाम्रो चाहना भन्ने उद्देश्यका साथ भद्रपुरमा लागु पदार्थविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नवयात्रा पुनर्स्थापना केन्द्र मेचीनगरको आयोजना तथा भद्रपुर नगरपालिकाको सहकार्यमा भएको सचेतना कार्यक्रममा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर–२ का लागुऔषधको कुलतमा फसेका युवाहरूलाई त्यसबाट मुक्त गराउन सचेतना दिइएको थियो ।

पछिल्लो समयमा लागु औषध सेवनकर्ताको अवस्था जिल्लामा भयावह बन्दै गइरहेकोले त्यसको न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका लागि सीमावर्ती बासिन्दालाई लक्षित गरी नशामुक्त नगर बनाउन नगरपालिकाले यस्तो अभियानको थालनी गरेको नगर प्रमुख गणेश पोख्रेलले बताए ।

नगर क्षेत्रमा लागुऔषधको दुर्व्यसन र ओसारपसारमा फसेका युवाहरूको पहिचान गरी यसरी नै नगरभरि सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै लैजाने उनले बताए ।

कार्यक्रममा सहभागीहरूलाई २५ जना सेवनकर्तालाई नवयात्रा पुनर्स्थापना केन्द्रका अध्यक्ष भीम लुइँटेल र अर्जुन राईले सहजिकरण गरेका थिए । उनीहरूले लागु औषध सेवनबाट हुने बेफाइदा, यसले घर तथा समाजमा पार्ने असर, यसबाट मुक्त हुने उपायका बारेमा जानकारी गराएका थिए । भद्रपुर २ नम्बर वडा अध्यक्ष राम कँडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्