झापा,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ। मंगलबार प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो।

सरकारले पारित गरेको बजेट दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने कार्यसूची छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम आइतबार दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो।

हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्