झापा,जेठ १६ । गएराति आएको हावाहुरीका कारण झापामा क्षति पुगेको छ ।

हावाहुरीले केही घरहरु उडाएको छ भने विजुलीका पोल र रुखहरु ढलेका छन् । बिजुलीको पोल ढल्दा विद्युत आपूर्ति अवरुद्ध भएको छ । त्यस्तै मकै , तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ । पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले क्षति गरेको बताइएको छ ।राति चट्याङसहित हावाहुरी चलेपनि जिल्लामा के कति क्षति भयो भन्ने जानकारी आइनसकेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्