झापा,जेठ १६ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालेको रिटमा बुधबार पेशी तोकिएको छ।

यसअघि जेठ ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन आदेश दिएका थिए।

नेकपा (एमाले) का प्रदेश सांसद कार्की गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरेका थिए।

कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदारले सर्वोच्चमा वैशाख २७ गते रिट दिएका थिए। उनले सरकार गठन नै असंवैधानिक भएको दाबी गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्