झापा, जेठ १६ । परिवार कल्याण महाशाखाले पाँच मात्राको आइपिभी खोप भायलमा बाँकी रहेको खोप प्रयोग गर्न निर्देशन दिएको छ ।

महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा.अभियान गौतमले ७७ वटा जिल्लाका स्वास्थ्य कार्यालय, जनस्वास्थ्य कार्यालय स्वास्थ्य सेवा कार्यालयलेमा पत्राचार गर्दै यस्तो निर्देशन दिएका हन् ।

सरकारले यही जेठ १३ देखि २६ गतेसम्म २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका करिब १४ लाख बालबालिकालाई लक्षित गर्दै पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालनमा ल्याएको छ ।

सोही अभियानमा खोप भायलमा पाँच मात्राभन्दा बढी भएको बाँकी रहेको खोप प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा द्विविधा भएकाले यस्तो निर्देशन दिएको डा.गौतमले जानकारी दिए ।

डा.गौतमका अनुसार अभियानमा सरकारले २.५ मिलीको आइपिभी खोप उपलब्ध गराएको छ । जुन तोकिएको उमेर समूहलाई ०.५ मिली दिनुपर्ने हुन्छ ।

उनले भने, ‘‘सरकारले उपलब्ध गराएको २.५ मिली भायलबाट पाँच मात्र खोप लगाएर पनि ०.५ मिली बाँकी रहेमा अर्को बालबालिकालाई दिनुपर्छ ।’’

यदि त्यो भायलमा पाँच मात्रा लगाएर ०.५ मिली नपुग्ने खोप बाँकी रहेमा अर्को भायलमा नमिसाउन डा.गौतमको सुझाव छ ।

उनी भन्छन्, ‘‘उक्त भायलमा ०.५ मिली पुगेन अर्को भायलमा मिसाउन हुँदैन । बाँकी भएको खोप सिरिन्जसहित सेफ्टी बक्समा विसर्जन गर्नुपर्छ ।’’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्