सुरुङ्गा , जेठ १७ । नेकपा एमाले कनकाई नगर कमिटीको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् ।


दोस्रो नगर अधिवेशनमा भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाका प्रतिस्पर्धी छविलाल थपलियाले २०४ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १४८ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा १८१ मत प्राप्त गर्दै घनश्याम पौडेल विजयी बनेका छन् । उपाध्यक्षका अन्य प्रत्यासीहरु इन्द्र पुलामी मगरले ८४ , ऋषिकेश खतिवडाले १२४ , देवीप्रसाद उप्रेतीले १४१ र प्रेमबहादुर कटुवालले १५० मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिव पदमा २९५ मत प्राप्त गरी प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरु विश्वविजय खरेलले १५९, मिनाल तिम्सिनाले १०२ र खिनमाया आचार्य खतिवडाले ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपसचिवमा खुल्लातर्फ ख्यामप्रसाद ओली ३९१ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका प्रतिस्पर्धीहरु शुक्रराज भण्डारीले १८५ र नविनकुमार राईले ६६ मत ल्याएका छन् ।

महिला उपसचिवमा राधिका ओली कडरियाले सर्वाधिक मत ४७९ ल्याएर विजेता बनेकी छन् । उनका प्रतिस्पर्धी विन्दा थापाले १६४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक तारादेवी बाराकोटीले जानकारी दिएकी छन् । निर्वाचनमा जम्मा ६८१ मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्