झापा,जेठ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शब्द रचना रहेको क्रिकेट गीत सार्वजनिक भएको छ । पृथ्वी खनालले उक्त गीतमा संगीत दिएका छन् । आरसी रिमाल,शाहस शाक्य र स्वयं खनालले समेत गीतमा आवाज दिएका छन् ।
गायक तथा संगीतकार खनालले आफ्नो युटुव च्यानलबाट आज उक्त गीत सार्वजनिक गरेका हुन् । क्रिकेट प्रेमीहरूलाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सो गीत रचना गरेका हुन् । यो गीतबाट क्रिकेट प्रेमीहरूले भरपुर मनोरञ्जन लिन सक्नेछन्।
संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आईसीसी ट्वान्टी÷ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिता हुन गइरहेको छ । अध्यक्ष ओलीले उक्त खेलमा सहभागी हुने नेपाली खेलाडीहरूलाई सफलताका निम्ति शुभकामना दिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्