झापा, जेठ १८ । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा बस नालीमा खस्दा २० जना घाइते भएका छन्।


आज बिहान पौने ३ बजे काँकडभिट्टाबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुबाहक बसको अगाडीको पट्टा भाचिन गई बस अनियन्त्रित भएर नालीमा खसेको मकवानपुर प्रहरीले जनाएको छ।

बस दुर्घटना हुँदा २० जना घाइते भएको प्रहरीको भनाइ छ। तीमध्ये ११ जनाको स्थानीय अस्पताल र ९ जनालाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्