झापा,जेठ १९ । संखुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ। जिल्ला ब्याडमिन्टन संघले खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो। प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले जनही ६० हजार नगद पाउने छन्।

उपविजेताले ३५ हजार रुपैयाँ पाउने संघका अध्यक्ष राजु श्रेष्ठले बताए। भेट्रान्सतर्फका विजयीले भने जनही ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्