भद्रपुर, जेठ २३ । विश्व वातावरण दिवसको अवसर पारेर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक हजार बिरुवा रोपिएको छ ।


वातावरण संरक्षण कार्यक्रमअन्तर्गत चन्द्रगढी वनभित्र पर्ने ऐतिहासिक स्थल चन्द्रगढ क्षेत्रको लगभग २ विगाह क्षेत्रफलमा विभिन्न जातका एक हजारबढी बिरुवाहरु रोपिएको हो ।

वृक्षरोपण कार्यक्रमलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै स्वस्थ वातावरणका लागि वन जंगलको सम्वर्द्धन र संरक्षण गर्नु पर्ने बताए ।

समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा सचिव पार्वती मल्लले संचालन गरेको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा समूहमा आबद्ध उपभोक्ता, नजिकका विभिन्न विद्यालय, सामाजिक संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्