झापा, जेठ २४ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ।


बुधबार अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो।
आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो। भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभ पन्तले ३६ रन बनाए।

बलिङतर्फ आयरल्याण्डका मार्क ऐडेयर र बेन व्हाइटले समान १–१ विकेट लिए।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए।

आयरल्याण्डलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १–१ विकेट लिए। प्रतियोगिताको समूह ए मा रहेका दुवै टोलीको यो पहिलो खेल हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्