झापा, जेठ २४ । पूर्वकै चर्चित बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशाला घेरावारा गर्न शुरु गरिएको छ ।

शहरी विकास तथा भवन कार्यालयको ५० लाखको बजेटबाट रंगशालालाई पक्की घेरावारा गर्न थालिएको हो । त्यस बजेटबाट रंगशालाको दक्षिणपट्टी १८० मिटर लम्बाई भएको कम्पाउन्ड वाल निर्माण गरिने भएको छ । करिव एक महिनाअघि संझौता भएको ठेक्काको म्याद असार १५ सम्म रहेको बताइएको छ । डोमालाल राजवंशी रंगशालामा घेरावारा शुरु गरिएको र क्रमागत रपमा चारैतिरबाट घेर्नेगरी अन्य बजेट खोज्ने पहल भइरहेको बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्