झापा, जेठ २४ । झापाको दमकमा लागूऔषध बेच्ने एक महिला पक्राउ परेकी छन् ।

आज दिउँसो २ः३० बजेको समयमा दमक नगरपालिका वडा नं.४ वस्ने वर्ष ४८ की गायत्रा गौतमले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको शरीर तथा घर कोठाहरु खानतलासी लिँदा बट्टाभित्र लुकाईराखेको प्रतिबन्धित ९ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर र उनी सुत्ने बेडको सिरानीमुनि ३ लाख ३६ हजार४०० रुपैयाँ फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्