काँकरभिट्टा, जेठ २६ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वको लागि मतदान शुरु भएको छ ।

निर्वाचनमा तीनवटा प्यानलले उम्मेद्वारी दिएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता स्वतन्त्र उम्मेद्वार समूह, प्रगतिशील लोकतान्त्रिक साझा प्यानल र प्रगतिशील समाजवादी प्यानलका उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षमा तीन जना भिड्दैछन् । अध्यक्षका प्रत्यासीमा रोहितकुमार बुढाथोकी, सन्तोष आचार्य र सुदर्शन खड्का रहेका छन् । यसैगरी उपाध्यक्षमा कृष्ण सुवेदी, गोबिन्द गिरी र राजकुमार दाहाल उम्मेद्वार छन् भने सचिवमा दिलिपजंग सुब्बा, नरेन्द्र सिवाकोटी र विशाल तामाङ तथा कोषाध्यक्षमा बिमला तामाङ, बिमला देवकोटा र सुधादेवी खड्का उम्मेदवार बनेका छन् । अन्य अधिकांश सदस्य पदमा तीन जनाको उम्मेद्वारी रहेको छ । लेखा समिति महिला सदस्य पदमा भने दुई जनाको मात्रै उम्मेद्वारी दर्ता भएको छ ।

बिहान करिव ७.३० बजेदेखि मतदान शुरु भएको हो । अपरान्ह ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा ६ हजार ६७४जना सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्