हल्दिवारी , जेठ २७ । हल्दिबारी गाउँपालिका स्तरीय बाल संजाल सचिव दिपिका कार्कीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।

उनी बाल संजाल स्थापना भएदेखि नै क्रियाशील रहेकी थिइन् । आफ्नो कार्यकालमा सकेको राम्रो काम गरेको तर नराम्रा कामहरु नगरेको कार्कीले बताइन् ।आफ्नो अध्ययन र कार्यव्यस्तताले गर्दा उक्त जिम्मेवारीबाट राजीनामा दिएको उनले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

उनलाई गाउँपालिका स्तरीय बाल संजालको सचिव र हल्दिबारी वडा नं–३ को बाल क्लबको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्